दफा २९
वित्तीय जानकारी इकाईमा खटिने कर्मचारीको योग्यता
(१) वित्तीय जानकारी / इकाईमा खटिने कर्मचारीको योग्यता तथा अनुभव देहाय बमोजिम हुनु पर्नेछ:-
(क) सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियारमा वित्तीय लगानी निवारण, व्यवस्थापन, अर्थशास्त्र, आर्थिक, मौद्रिक, बैड्गिङ्ग, वित्तीय, वाणिज्य, जनप्रशासन, सार्वजनिक लेखा, वित्त व्यवस्थापन, कानून, विधि विज्ञान वा सूचना प्रविधिमा कम्तीमा स्नातकोपाधि हासिल गरेको वा चार्टड एकाउन्टेन्सीको उपाधि हासिल गरेको,
(ख) सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियारमा वित्तीय लगानी निवारण क्षेत्रको नियमन, सुपरिवेक्षण वा प्रशासन, कानून, विधि ८ विज्ञान, अपराध अनुसन्धान, सूचना प्रविधिको क्षेत्र वा समन्वय समितिले समय समयमा निर्धारण गरेको क्षेत्रमा कम्तीमा दुई वर्षको कार्य अनुभव प्राप्त गरेको,
(ग) पछिल्लो पाँच- वर्षमा कुनै बिभागीय कारबाहीमा नपरेको ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कर्मचारीलाई सो उपनियम बमोजिमको योग्यता र अनुभव आवश्यक पर्ने छैन:-
(क) यो नियमावली प्रारम्भ हुँदाका बखत वित्तीय जानकारी इकाईमा कार्यरत कर्मचारी सो इकाईमा कार्यरत रहेसम्म, र
(ख) वित्तीय जानकारी इकाईको लागि आवश्यक पर्ने सहायकस्तरको कर्मचारी ।
(३); वित्तीय जानकारी इकाईमा खटिएको कर्मचारीले सो इकाईको कार्यभार सम्हाल्नुअघि वित्तीय जानकारी इकाईको प्रमुखसमक्ष अनुसूची-२ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ।
(४) वित्तीय जानकारी इकाईमा कर्मचारी खटाउँदा सामान्यतया चार वर्षको अवधिको लागि खटाउनु पर्नेछ।
तर वित्तीय जानकारी इकाई प्रमुखको परामर्शमा सो अवधिभन्दा अगावै वित्तीय जानकारी इकाईका: कर्मचारीको सरुवा गर्न सकिनेछ।
(५) वित्तीय जानकारी इकाईको प्रमुख र कर्मचारीले वित्तीय जानकारी इकाईको कार्यमा बाधा: पुग्ने वा गोपनीयता भङ्ग गर्ने वा वित्तीय जानकारी इकाईको हित प्रतिकूलको कामकारबाही गरेमा प्रमुखको हकमा समन्वय समितिको संयोजकको सिफारिसमा गभर्नरले फिर्ता पठाउन सक्नेछ र अन्य कर्मचारीको हकमा वित्तीय जानकारी इकाईको प्रमुखले त्यस्तो कर्मचारीलाई जुनसुकै बखत सम्बन्धित निकायमा फिर्ता पठाउन सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।